कक्षा ११ को प्रश्नपत्र बाहिर ल्याउने पक्राउ
आइतबार, ०२ जेठ २०७३, १४ : ४६
राजविराज - प्रश्नपत्र बाहिर ल्याउने फोटोकपी सञ्चालकसहित दुई जनालाई प्रहरीले आज राजविराजबाट पक्राउ गरेको छ ।
आजदेखि सुरु भएको कक्षा ११ को परीक्षाको पहिलो दिनको परीक्षामा राजविराजस्थित प्रिया आर्टस फोटोकपी मार्फत प्रश्नपत्र बाहिर ल्याउने लवन उमावि वभनगामाकट्ठीका कार्यालय सहयोगी भगवती यादव र फोटोकपी सञ्चलक शिवनाराण थलामै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सो पसलबाट ‘चिट’, प्रश्नपत्र र फोटोकपीको यन्त्र समेत बरामद गरेको छ । अभियुक्तलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्याालय सप्तरीमा ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण