बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दुई दिन लगाएर सार्वजानिक सुनुवाई

आइतबार, ०२ जेठ २०७३, १५ : २५
आइतबार, ०२ जेठ २०७३

डोल्पा –डोल्पामा पहिलो पटक सरकारी तथा गैर सरकारी संस्थाहरुको भौतिक पुर्वाधार तथा सेवा प्रवाह सम्बन्धि सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको छ । शनिवारदेखि आइतबारसम्म सदरमुकाम दुनैमा सञ्चालन गरिएको उक्त कार्यक्रममा जिल्लामा रहेको संघ संस्थाहरुले ७२ साउनबाट जेठ महिना सम्म भएका बार्षिक गतिविधिहरुकोे बारेमा बार्षिक समिक्षा गराईएको थियो ।

कार्यक्रममा सम्बन्धित कार्यलय प्रमुखले बार्षिक समिक्षा प्रस्तुत गरिसकेपछि सहभागिको तर्फबाट प्रतिक्रिया लिने यसको उचित जफाव कार्यलय प्रमुखबाट लिने व्यवस्था मिलाईएको थियो ।

कार्यक्रममा उपस्थित सहभागि तथा कतिपय राजनितिक दलका प्रतिनिधिहरुले यो कार्यक्रम पारदर्शि नभई कोरा भएको बताए ।

कार्यक्रम भाषण गरेर सुनाउदँैमा पारदर्शि नभई सम्बन्धित कार्यलयले बार्षिक कार्यक्रमको बजेट शिलिङ सहित योजना अनुगमनको बिवरण सरोकारवाला पक्षहरुलाई उपलब्ध गराउनुपर्नेमा सर्बसाधारणले जोड दिएका थिए ।

सुशासन,पारदर्शिता,जफावदेहितालाई मध्येनज राख्दै यस्ता कार्यक्रमहरु आयोजनाहुनु सकरात्मक पक्ष भएको नागरिक समाज अध्यक्ष शेर बहादुर बुढाले बताए ।

पछिल्लो समयमा राजनितक दल आफै कार्यन्वयन र अनुगमन संलग्न रहने गरेकाले आफैले गरेको कामलाई ढाकछोपगर्न खोज्दा आर्थिक अपारदर्शिता हुनेगरेको बुढाले बताए ।

बिकासि अनुगमनमा नागरिक समाज,पत्रकार लगाएतका स्वतन्त्र सरोकारवाला निकायहरको सहभागितामापनि बृद्धिगर्नु पर्नेमा उनले जोड दिए ।

डोल्पो वातावरण,संस्कृति र बिकास यात्रा (डिकेट) र जिल्ला बिकास समितीको कार्यलय डोल्पामा आयोजना भएको उक्त कार्यक्रममा बिभिन्न राजनितिक दल,नागरिक समाज,पत्रकार ,कार्यलय प्रमुख तथा सर्बसाधारणको उल्लेख्य सहभागि रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप