बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

डि विलियर्स र विराट कोहली चम्कदा एकै खेलमा १० किर्तिमान

आइतबार, ०२ जेठ २०७३, १६ : २१
आइतबार, ०२ जेठ २०७३

काठमाडौं – एबी डिविलियर्स र कप्तान विराट कोहलीले दोस्रो विकेटका लागि २ सय २९ रनको साझेदारी गरेपछि इन्डियिन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैँगलोरले गुजरात लायन्सलाई १ सय ४४ रनले हराएको छ । रोयल च्यालेन्जर्स बैँगलोरले गुजरातलाई २ सय ४९ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको गुजरात १८ ओभर ४ बलमा १ सय ४ रनमै अलआउट भयो । डिविलियर्सले आफ्नो धमाकेदार इनिङग्स्मा ५२ बल खेल्दै १२ छक्का र १० चौका लगाए । विराटले ५५ बल खेल्दै ८ छक्का र ५ चौका प्रहार गरे । के-के किर्तिमान बन्यो ?

– विराट र डिविलियर्सको जोडीले दोस्रो विकेटका लागि १६ ओभरमा २ सय २९ रनको साझेदारी गरे । यो आईपिएलको इतिहासमा सबैभन्दा ठूलो साझेदारी हो ।

– एबी डि विलियर्सले ४३ बलमै शतक पुरा गरे । यो आईपिएलको इतिहासमा छैटौ छिटो शतक हो ।

– आईपिएलमा एकै इनिङग्स्मा दुई ब्याटस्म्यानले शतक प्रहार गरेको यो पहिलो अवसर हो ।

– विराट कोहलीले यस सिजन ३ वटा शतक प्रहार गरेका छन् । आईपिएलमा एकै सिजन ३ शतक प्रहार गर्ने उनी एकमात्रै खेलाडी हुन् ।

– २ सय ४८ रनको स्कोर यस सिजन आईपिएलमा कुनै पनि टोलीले खडा गरेको सबैभन्दा ठूलो स्कोर हो । – एबी डि विलियर्स यस सिजन आईपिएलमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् । उनले यस सिजन अहिलेसम्म ११ खेल खेल्दै २९ छक्का प्रहार गरेका छन् ।

– यस सिजन एकै इनिङग्समा सर्वाधिक छक्का लगाउने किर्तिमान पनि अहिलेसम्म डि विलियर्सकै नाममा छ । उनले यस म्याचमा १२ छक्का प्रहार गरे ।

– यस सिजन आईपिएलमा सर्वाधिक चौका प्रहार गर्ने किर्तिमान विराट कोहलीको नाममा छ । उनले अहिलेसम्म ११ खेलमा ५६ चौका प्रहार गरेका छन् ।

– एकै सिजन सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचिमा अब विराट कोहली ६ सय ७७ रनसहित चौथो नम्बरमा छन् । पहिलो नम्बरमा क्रिस गेल छन् । उनले सन् २०१२ मा ७ सय ३३ रन बनाएका थिए । विराटले उनको किर्तिमानलाई पछ्याइरहेका छन् ।

– विराट कोहलीले यस म्याचमा एकै ओभरमा ३० रन बनाए । यो ओभर यस सिजन आईपिएलको सबैभन्दा महगोँ ओभर साबित भयो । उनले शिविल कौशिकको बलमा १ चौका, ४ छक्का र थप एक बलमा दुई रन बनाए ।

– एबी डिविलियर्सले बनाएको अविजित १ सय २९ रन कुनै पनि ब्याटस्म्यानले यस सिजन आईपिएलमा बनाएको उच्च स्कोर हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप