बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

फुटसलमा रम्दै एसएलसी प्रिन्सेसहरु

आइतबार, ०२ जेठ २०७३, १८ : ०१
आइतबार, ०२ जेठ २०७३

काठमाडौं – सिजन मिडिया र क्याम्पीयन एकाडमीको संयुक्त आयोजनामा भएको एसएलसी प्रिन्सेसका प्रतियोगीहरुको बीच फुटसल प्रतियोगिता आयोजना गरिएको छ ।

क्याम्पीयन एकाडमी ललितिपुरको फुटसल मैदानमा भएको प्रतियोगितामा निलगिरि ग्रुप प्रथम, अन्नपूण गु्रप द्रोस्रो र नागापर्वत ग्रुप तेस्रो स्थानमा विजयी भएका छन् ।

उक्त प्रतियोगीतामा १० टोली सहभागी थिए । प्रतियोगितामा वेष्ट प्लेयर जोफेन लामा घोषित् भइन् भने ११ गोल गर्दै स्वेता कार्की सर्वाधिक गोलकर्ता चुनिइन् ।

विजयी टिम तथा प्रतियोगीहरुलाई क्याम्पीयन एकाडमीका प्रिन्सीपल नविनमान श्रेष्ठद्वारा मेडल तथा सर्टिफिकेट प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप