बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल टेलिकमले ल्यायो ९० रुपैयाँमा अनलिमिटेड ‘नाइट डाटा प्याकेज’

सोमबार, ०३ जेठ २०७३, १५ : ४३
सोमबार, ०३ जेठ २०७३

काठमाडौं, जेठ ३– नेपाल टेलिकमले अन्तराष्ट्रिय दुरसञ्चार दिवसको अवसरमा ‘नाइट डाटा प्याकेज’ अफर घोषणा गरेको छ । सो अफर मंगलबारदेखि जेठ १८ गतेसम्म जीएसएम प्रिपेड तथा सिडिएमए प्रिपेड तथा पोस्पेडका ग्राहकले रु ९० मा बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म ७ दिनसम्म अनलिमिटेड डाटा चलाउन सक्नेछन् । टेलिककी प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ अफर अन्तर्गत रु. ९० मा ७ दिनसम्म बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म अनलिमिटेड डाटा चलाउन सकिने छ । सो सुविधा लिनका लागि म्यासेज बक्समा गएर अंग्रेजीमा नाइटडाटा टाइप गरेर १४१५ मा एसएमएस पठाउनुपर्ने हुन्छ । प्रत्येक वर्ष मे १७ का दिन अन्तराष्ट्रिय दूरसञ्चार दिवस मनाइँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप