प्रधानमन्त्री ओलीको अर्को स्कीम– चीनको रेल पोखरा पुग्यो–पुग्यो (भिडियोसहित)
काठमाडौं–दुई दिनदेखि सिंहदरबार केन्द्रित आन्दोलन गरिरहेका संघीय गठबन्धन सम्बद्ध दलहरुलाई प्रधानमन्त्री केपी ओलीले आन्दोलन रोकेर पुनर्निमार्ण स्वयंसेवक बन्न आग्रह गरेका छन् । जननेता मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा सोमबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘मेरो आग्रह छ, सडकमा तमासा गर्नुको साटो स्वयंसेवक बन्न आउनुस्, अब भत्काउने मात्र हैन बनाउनेतिर जाऔं ।’
आफू प्रधानमन्त्री हुँदा सिमानामा भएको अवरोध स्मरण गर्दै प्रधानमन्त्री ओलीले कसैले भनेका भरमा संविधान पुनर्लेखन नहुने बताए । मधेस केन्द्रित दलहरुतर्फ संकेत गर्दै उनले भने, ‘तराईका मान्छेले त्यता ढिम्किन दिन छाडेपछि अहिले काठमाडौं आएका छन् ।’
‘विधी र प्रक्रियामा आउनुस, प्रजातन्त्रमा शान्तिपुर्ण आन्दोलन गर्न पाईन्छ तर, तोडफोड नगर्नुस’ उनले भने, ‘सडकमा केही समय ट्राफिक जाम गर्नुहोला, तर सँधै यो तमासा चल्दैन, सरकार चार जनाले लौरा लिएर बाटो बन्द गरेको सँधैभरी हेरेर बस्दैन ।’
संघीय गठबन्धनमा आवद्ध दलहरुलाई जनतालाई दुःख नदिन आग्रह गर्दै उनले भने, ‘जनताको हित हुने कुनै कुरा छ भने हामी मान्न तयार छौं । आन्दोलनरत पक्षले भनेजस्तो संविधान कुनै बलजफ्ती गरेर पारित भएको हैन, मलाई पनी भन्दिए भयो बलजफ्ती गरेर प्रधानमन्त्री बन्यो भनेर !’
जनताको बिचमा गरेको कामको आधारमा एमालेको नेतृत्वमा नयाँ सरकार गठन भएको दावी गर्दै प्रधानमन्त्रीले भने, ‘अब स्थिरता र स्थायीत्व कायम गरेर अगाडी बढिन्छ ।’
चीनको रेल पोखरा पुग्यो–पुग्यो पहलमानलाई पनि रुघाखोकी लाग्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले २–४ पटक हाच्छयु गर्दा सामान्य रुघाखोकी निको हुने दावी गरे । उनले भने, ‘जबसम्म बाँच्छु जनताको निम्ती काम गर्छु, मर्ने कहिले भन्ने मलाई थाहा छैन ।’
त्यस्तै चिनीयाँ रेल नेपाल सम्म ल्याउने प्रसंगमा बिगतका राणाकालमा पनी रेल सेवाको विरोध भएको प्रसंग सुनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘मेरो जत्तिसुकै विरोध भएपनी केरुङ–काठमाडौं हुँदै चीनबाट छुटेको रेल पोखरासम्म पुग्यो–पुग्यो ! विकासको अभियान रोकिँदैन ।’
‘चिन सरकारले केरुङसम्म रेल विस्तार गरिसक्दा हामी काठमाडौं हुँदै पोखरासम्म लिक बनाईसक्छौं’ उनले भने, ‘यताको लिक त्यता जोडिएपछि चिनको रेल सिधै पोखरा !’
अब देखिन्छ विकासको बाटो केही दिनमा सरकारले ल्याउने बजेटमा नयाँ ब्याट्री परिवर्तन गरेको टर्चलाईटले जस्तै विकासको बाटो देखिने प्रधानमन्त्रीले दावी गरे । कसैले आशीर्वाद दिएर ‘प्रधानमन्त्री भईस बेटा’ भनेर आफु मुलुकको प्रधानमन्त्री नभएको दावी गर्दै उनले भने, ‘हाम्रो निष्ठा देशको हितमा छ ।’
बर्तमान सरकारले काठमाडौं–निजगढ फास्ट ट्रयाक, पुष्पलाल मध्यपहाडी लोकमार्ग र पोखरा–लुम्बिनी विमानस्थलको निर्माण कार्य द्रुत गतिमा अगाडी बढाउने उद्घोष गर्दै उनले भने, ‘तराईमा सिंचाई सुविधा पुर्याउन र कृषिमा विशेष पकेट क्षेत्र बनाएर काम अगाडी बढाउँदै छौं ।’
फोटो : बिजु महर्जन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण