विदेशीसहितका ३०० विद्यार्थीको कार्यक्रम नगरकोटमा
काठमाडौँ- युएस एम्बेसीको सहयोग तथा युथ थिंकर सोसाइटी र एमयुएन सोसाइटी नेपालको संयुक्त आयोजनामा ‘एभरेष्ट इनटरनेसनल मोडल युनाइटेड नेसन’ नामक कार्यशालाको आयोजना गरिएको छ । आगामी अगष्ट महिनाको १५ देखि १९ तारिखसम्म नगरकोटमा हुने उक्त कार्यशालाको लागि अहिले धमाधम टिकट बुकिङ चलिरहेको आयोजक कमिटीका सदस्य सुशान खतिवडाले जानकारी गराए । उनका अनुसार नगरकोटमा हुने कार्यशालाको लागि अहिले देश तथा विदेशबाट दरखास्त आउने क्रम रहेको छ भने आएकामध्येबाट ३०० जनाको छनौट गरिनेछ । जसमा २०० विदेशी र १०० नेपाली युवा विद्यार्थीहरुको सहभागिता रहनेछ । सो क्रममा जनरल एसेम्ब्ली, सेक्युरिटीज काउन्सिललगायको अवधारणाबारे छलफल गरेर धारणाबाहिर ल्याइने छ । आयोजकका अनुसार यो संस्था संयुक्त राष्ट्रसंघको अवधारणाअनुरुप सञ्चालनमा ल्याएको हो भने यसबाट टिमवोर्कमा बसेर कसरी काम गर्ने, दक्षताको अभिबृद्धि कसरी गर्ने भन्नेजस्ता कुराको जानकारी हासिल गर्न सकिनेछ । सो कार्यशालामा सहभागि हुनका लागि कलेज तथा युनिभर्सिटीमा अध्ययन गर्ने युवा विद्यार्थीहरुले आगामी मे ३० तारिखसम्म आवेदन दिन सक्नेछन् भने अहिले सोहि कार्यक्रमको लागि विभिन्न कलेजहरुमा प्रचारात्मक अभियान समेत चलाइँदै आएको छ । सो कार्यशाला कार्याशाला सन् २०१४ देखि वर्षेनी हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण