बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मदन–आश्रित स्मृति दिवस : मञ्चमा बस्दा बस्दै भीम रावलले कविता लेखे

सोमबार, ०३ जेठ २०७३, १८ : १५
सोमबार, ०३ जेठ २०७३

काठमाडौं–राष्ट्रिय नाचघरमा आयोजित ‘२३ औं मदन आश्रित स्मृति दिवस’ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओली सहित एमालेका नेताहरु मञ्चमा थिए । मध्यान्ह करिब एक बजे शुरु भएको कार्यक्रमको उद्घोषण गर्दै थिए एमाले सचिव योगेश भट्टराई । नेताहरु युवराज ज्ञवाली र प्रदिप ज्ञवाली मञ्चमा उभिएर मदन भण्डारी र जिवराज आश्रितको बारेमा बोलिरहँदा उप–प्रधान तथा रक्षामन्त्री भिम रावल एउटा कागजमा केही लेखिरहेका थिए । एमाले सचिव प्रदिप ज्ञवालीको मन्तब्यपछी मञ्चमा निम्त्याईएका रावलले मञ्चमा पुग्नसाथा केही बेर अघि लेख्दै गरेको कागज निकाल्दै भने, ‘मैले मञ्चमा बस्दाबस्दै मदन भण्डारी र जिवराज आश्रितको बारेमा कविता लेखेको छु ।’ ‘मदनको झण्डा उठाऔं’ बोलको कवितामा उनले मदनलाई देशले रोजेको तर बैरीले सहन नसकेको उल्लेख गरेका छन् । यसरी छिनभरमै रावलले लेखेको कवितालाई प्रधानमन्त्री ओलिले पनी प्रशंसा गर्दै भने, ‘शताब्दी पुरुष मदनलाई हामीले कविता मार्फत पनी संझियौं ।’ कविता भनेर भाषण शुरु गरेका एमाले उपाध्यक्ष भिम रावलले भारतले नाकाबन्दी गरेको बेला नेपाली कांग्रेसका एकजना पुर्व प्रधानमन्त्रीसँग एमाले र माओवादीले कांग्रेसका तर्फबाट ‘विशेष दुत’ पठाउन आग्रह गरिए पनी उनले नमानेको दाबी गरे । ‘त्यतिवेला दुत पठाउन नमान्ने नेपाली कांग्रेसले अहिले हामीलाई भारतसँगको संम्वन्ध विगारेको भनेर अरोप लगाउन मिल्दैन’ उनले भने, ‘त्यतिबेला हामीले उँहालाई उँहाको आफ्नो विश्वासपात्रलाई दुतको रुपमा पठाउन आग्रह गरेका थियौं ।’ बर्तमान सरकारलाई म्यादि सरकारको संज्ञा दिईको भन्दै असन्तुष्टि ब्यक्त गरेका रावलले भने, ‘यो गठबन्धन म्यादी त होला तर प्रदेश सभाको निर्वाचन गरेर नयाँ सरकालाई कार्यभार सुम्पने बेला सम्मको म्यादी सरकार हो ।’ त्यस्तै उनले आफुहरु चिनमुखी या भारतमुखी नभएको उल्लेख गर्दै नेपालमुखी भएको दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप