यसरी मनपरी रोकिन्छन्, मन्त्रीका गाडी !
काठमाडौं– सर्वसाधारणले चढ्ने गाडी या मोटरसाईलक कहिलेकाँही एकैछिन सडक किनारामा अड्याएर हिँडेमा तिनीहरु तत्काल ट्राफिक कारवाहीमा पर्छन् । तर, उपप्रधानमन्त्री तथा मन्त्रीका गाडी घण्टौं ब्यस्त सडकको किनारामा रोकिराख्दा पनि किन ट्राफिकले चिट काट्दैन ? फोटोमा देखिएको दृश्य जमलस्थित राष्ट्रिय नाचघर अघिल्तीरको हो । सोमबार मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजिक कार्यक्रममा सहभागी हुन पुगेका उप–प्रधानमन्त्री सहितका एमालेका मन्त्रिहरुको गाडी घण्टौं मुल सडकमा पार्किङ गरेर राख्दा पनी त्यहाँ कुनै ट्राफिक प्रहरी सिठ्ठी फुक्न पुगेनन् । कार्यक्रममा सहभागी हुन पुगेका उप–प्रधान तथा रक्षामन्त्री भिम रावल, खेलकुद मन्त्री सत्यनारायण मण्डल र सञ्चार प्रविधि मन्त्री शेरधन राईको गाडी करिब तीन घण्टा मुल सडकमा रोकिँदा दर्जनौ सवारीलाई आवागमनमा बाधा पुगेको देखिन्थ्यो । यसरी ट्राफिक आवागमनमा कुनै सर्वसाधारणको सवारीले बाधा पुर्याएको भए प्रहरीले पाँच सय बराबरको चिट थमाउँथ्यो, तर मन्त्री ‘ज्यूहरु’लाई कुनै कानुनले छोएन । ‘मन्त्रीको गाडीलाई कसरी चिट काट्नु ?’ ड्युटीमा रहेको एक ट्राफिक प्रहरीले प्रतिप्रश्न गर्दै भने, ‘मन्त्रीको गाडीलाई चिट काट्ने आदेश छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण