हिसानको ४६ बुँदे घोषणापत्र सार्वजनिक
काठमाडौँ– उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल हिसानले तत्काल राष्ट्रिय शिक्षा आयोग गठनको माग गर्दै ४६ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।
हिसानको सातौँ राष्ट्रिय महाधिवेशनले शिक्षा क्षेत्रका विभिन्न विषय समेटिएर पारित गरेका ४६ बुँदे घोषणापत्र नवनिर्वाचित अध्यक्ष रमेश सिलवालले आज पत्रकार सम्मलेनमार्फत सार्वजनिक गर्दै कक्षा ११ र १२ को परीक्षाको परीक्षाफल प्रकाशन गर्दा ७५ प्रतिशत ल्याउनेलाई विशिष्ट, ६० प्रतिशतलाई प्रथम श्रेणी, ४५ प्रतिशतलाई द्वितीय र ३५ प्रतिशतलाई तृतीय श्रेणी खुलाउनुपर्ने माग गरे ।
यस्तै दश जोड दुईलाई कम्तीमा १० वर्ष सञ्चालन गर्न दिनुपर्ने र शिक्षा क्षेत्रमा लगाइएको १ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्नुपर्ने माग गरिएको छ । अध्यक्ष सिलवालले शिक्षा क्षेत्रमा आएका चुनौती समाधान गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै अहिले सरकारले ल्याउन थालेको शिक्षा ऐनको मस्यौदा अव्यावहारिक भएकाले सच्याउनुपर्ने बताए । “सरकारले ल्याउन लागेको शिक्षा ऐन संविधानसँग बाझिएको छ”, उनले भने, “सङ्घीय संरचनाको आधारमा ऐन ल्याउनुपर्छ ।” हिसानको महाधिवेशन गत वैशाख ३० र ३१ भएको थियो ।
तेस्रो एडुफेयर बिहीबारदेखि बिहीबारदेखि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा तेस्रो कान्तिपुर हिसान एडुफेयर–२०१६ हुने भएको छ । हिसान र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा चार दिनसम्म एजुफेयर विद्यार्थी र अभिभावकलाई एउटै छानामुनि नेपालका कजेजको जानकारी गराउने उद्देश्यले आयोजना गर्न लागिएको अध्यक्ष सिलवालले बताए ।
मेलामा नेपालका उत्कृष्ट सय कलेजको सहभागिता हुने हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले जानकारी दिए । एजुफेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । शर्माका अनुसार एडुफेयरमा हरेक दिन गोलाप्रथाबाट उच्च शिक्षा अध्ययनका लागि निशुल्क छात्रवृत्ति दिइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण