तेन्जिङ–हिलारी एभरेस्ट म्याराथुन हुने
काठमाडौँ– बेलायत–नेपाल द्विशतवार्षिकीका अवसरमा यही जेठ १६ गते तेन्जिङ–हिलारी एभरेस्ट म्याराथुन हुने भएको छ ।
यसअघि सन् २००३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलरीले सगरमाथा विजय गरेको ५० वर्ष पुगेको अवसरमा त्यस्तो म्याराथुनको आयोजना गरिएको थियो । यही जेठ १६ गते आयोजना हुने सो दौडमा सगरमाथा आधार शिविरबाट सुरु भई नाम्चे बजारमा पुगेर समापन हुने कार्यक्रम छ ।
नेपालमा हालै गएको भूकम्पपछिको पुनःनिर्माण गरौँ भन्ने सन्देश प्रवाह गर्न ‘प्रथम लुम्बिनी–सगरमाथा शान्ति ज्योति धावन’ नाम पनि दिइएको सो म्याराथुन गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भई सगरमाथा आधार शिविरमा पु¥याइनेछ ।
नेपालका ख्यातिप्राप्त धावक वैकुण्ठ मानन्धरको नेतृत्वमा नेपालको राष्ट्रिय ओलम्पियन धावकको एक टोलीले उक्त शान्ति ज्योति खुम्बु लैजाने कार्यक्रम छ । म्याराथुनमा चिनियाँ धावक गुआन यादी, स्कटिस धावक ज्यामी रोस मकेनिज, भारतका धावक रोशनी राईलगायतले भाग लिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण