टोकियोमा शक्तिशाली भूकम्प, सुनामी खतरा छैन
सोमबार, ०३ जेठ २०७३, २० : ५३
टोकियो– टोकियोमा सोमबार राति शक्तिशाली भूकम्प गएको छ । टोकियोमा सोमबार राति स्थानीय समयअनुसार करिब साढे नौ बजे ५.४ रिक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।
राजधानी टोकियोबाट ४१ किलोमिटर मात्र पर केन्द्रबिन्दु भएर त्यहाँ भूकम्प गएको हो । यसको गहिराई ३७ किलोमिटर मात्र रहेको थियो ।
यस धक्काले राजधानी टोकियोका घर निकै हल्लाएको बताइएको छ । यस भूकम्पको धक्का पूर्वी जापानका विभिन्न क्षेत्रसम्म पनि महसुस गरिएको बताइएको छ ।
तर यसपछि सुनामीको चेतावानी भने आएको छैन । भूकम्पपछि जापानमा सुनामीको खतराको बारेमा निकै चासो हुने गर्दछ ।
गत महिना पनि जापानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको थियो । त्यसमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण