बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईजिपी अर्यालको गाउँमा मध्यराती बम बिस्फोट गराउँदै डकैती

मङ्गलबार, ०४ जेठ २०७३, ०८ : २१
मङ्गलबार, ०४ जेठ २०७३

सिरहा–प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको गाउँ जिवामा शुक्रबार भएको डकैती अहिले चर्चाको बिषय बनेको छ । सिरहा जिल्ला अन्तर्गत रहेको मिर्चैया नगरपालिका–७ जिवामा शुक्रबार राती करीब १ बजे १५ जनाको समूहमा आएका नकाबधारी डाँकाको समूहले बम विस्फोट गराउँदै डकैती गरेका हुन् ।

डाँकाहरुले मिर्चैया नगरपालिका–७ का राजाराम यादव, रामेश्वर यादव र प्रकाश तिवारीको घरबाट गरी लाखौंको धनमाल लुटेर लगेका छन् । डाँकाहरुले नगद, सुनचाँदीका गरगहना, मोबाइल, ल्यापटप र अन्य जिन्सी सामान गरी अन्दाजी १० लाख बराबरको धनमाल लुटेर लगेको पिडितहरुले बताए पनि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरीले करिब ३ लाख बराबरको नगद र सरसमान लुटेर लगेको बताएका छन् । यस सम्बन्धमा अनुसन्धान भइरहेको उनले थपे ।

[caption id="attachment_50695" align="alignleft" width="840"] डाँकाहरुले नागरिकता, प्रमाणपत्र, जन्मदर्तालगायतका अन्य घरायसी प्रयोजनका सामानहरु लुटेर लगेको ठाउँ देखाउँदै स्थानीय [/caption]

डाँकाहरुले प्रकाश तिवारीको घरबाट चार तोला सुन, नागरिकता, प्रमाणपत्र, जन्मदर्तालगायतका अन्य घरायसी प्रयोजनका सामानहरु लुटेर लगेका छन् । त्यस्तै, राजाराम यादवको घरमा दश हजार रुपैयाँ बराबरको सरसामान लुटपाट गरेका छन् भने रामेश्वर यादवको घरबाट नगद, एक थान ल्यापटप, दुई तोला सुन, २४ तोला चाँदी, मोवाइल र अन्य समानहरु लुटेका छन् ।

घटनास्थलभन्दा १ किलोमिरट इलाका प्रहरी कार्यालय ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट करीब एक किलोमिटरको दुरीमा घटनास्थल पर्छ । समयमा प्रहरी घटनास्थलमा नपुगेपछि डाँकाहरु लुटपाट गरी भाग्न सफल भएको स्थानीयवासीहरुले बताए । प्रहरीलाई खबर गरेपनि समयमा नआएकोले प्रहरीमाथि पनि शंका उत्पन्न भएको पिडित राजाराम यादवले आरोप लगाए ।

डकैती भइरहेको जानकारी ईलाका प्रहरी कार्यालयमा गराउँदा पनि ड्युटीमा रहेका प्रहरीले अर्को नम्बरमा फोन गर्नुस् भन्दै फोन काटेको स्थानीयको आरोप रहेको छ । डकैती भइरहेको जानकारी गराएको भएपनि प्रहरी एक घण्टाभन्दा ढिलो गरी मात्र घटनास्थलमा पुगेको पिडितहरुले गुनासो गरे । खबर गरेपछि छिटो किन नआउनुभएको भनेर प्रहरीलाई भन्दा ‘आफूलाई पनि ज्यानको डर रहेको भन्दै पन्छिन खोजे’ स्थानीयले थपे ।

यता, ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक श्यामसिंह चौधरीले घटनाको जानकारी पाए लगत्तै आफू घटनास्थलमा पुगेको बताए । उनले भने, ‘मलाई राती १ बजेर ५२ मिनेटमा फोन आयो र म २ बजे घटनास्थलमा पुगे । तर, डाँकाहरु भगिसकेको थियोे ।’

[caption id="attachment_50694" align="alignleft" width="840"] घाइते भएकी राजाराम यादवको बहिनी अन्दाजी ३५ वर्षीय ललितादेवी यादव[/caption]

प्रतिकार गर्दा एक महिला घाइते डाँकाको प्रतिकार गर्दा राजाराम यादवको बहिनी अन्दाजी ३५ वर्षीय ललितादेवी यादव घाइते भएकी छिन् । आफू निन्द्रामा सुतिरहेको बेला डाँकाहरु आएर सुनचाँदी छिटो ल्याउ भन्दै गालीगलौज गर्दै कुटपिट गरेको घाइते महिला ललिताले बताए । आफूसँग केहि छैन् भनेर भाग्न खोज्दा डाँकाहरुले कुटपिट गरि घाइते बनाएको उनले सुनाइन् ।

बम विस्फोट गर्दै डकैती : स्थानीयवासी करीब १५ जनाको समूहमा आएका नकावधारी समूहले बम विस्फोट गराउँदै त्रसित बनाएर डकैती गरेको स्थानीयवासीले बताएका छन् । डाँकाहरुले ३ वटा बम र करीब ४ राउण्ड गोली फायर गरेको उनीहरुले बताए ।

तर, समयमा प्रहरी घटनास्थल नपुगेपछि डाँकाहरु लुटपाट गरी भाग्न सफल भएको स्थानीयवासी बताउँछन् । स्थानीयवासीले भने, ‘बम पड्काउँदा हामी स्थानीयवासी डरले भाग्यौँ । प्रहरी समयमा नआउँदा डाँकाहरु लुटपाट गरी भाग्न सफल भएँ ।’

डाकाहरुले पेस्तोल, सकेट बम, लाठी, टर्च, बन्चरोलगायतका हतियारहरुले घरका सदस्यहरुलाई नियन्त्रणमा लिएर लुटपाट गरी फरार भएको पीडित रामेश्वर यादवले बताए । ‘डाँकाले आफूलाई पनि कन्चटमा पेस्तोल तेर्स्याई नियन्त्रणमा लिई लुटपाट गरेको’ पिडित रामेश्वरले बताए ।

प्रहरीको अनुसन्धान फितलो भएको पिडितको आरोप डकैती भएको ३ दिन बिते पनि प्रहरीले अहिलेसम्म घटनाको नजिक पुग्न सकेको छैन । ‘यसबाट प्रष्ट हुन्छ कि प्रहरीको अनुसन्धान कमजोर छ’ पिडितले गुनासो गरे ।

घटनास्थल नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त आर्यालको घर भन्दा करिब २ सय मिटर र ईलाका प्रहरी कार्यालय मिर्चैयाभन्दा करिब एक किलोमिटरको दूरीमा मात्र रहेको छ । ‘आईजिपी आर्यालको घरमा अन्य दिन राती अबेरसम्म ड्युटीमा रहने प्रहरी घटना भएको दिन त्यहाँ थिएनन्, यसबाट प्रहरीमाथि शंका उत्पन्न भइरहेको छ’ पिडित राजारामले बताए ।

[caption id="attachment_50696" align="alignleft" width="840"] आईजिपी उपेन्द्रकान्त अर्यालको घर ।[/caption] पिडित प्रहरी कार्यालय घेराउको तयारीमा पिडितहरुले ४ दिन बिते पनि प्रहरीले अनुसन्धानमा तदारुक्ता नदेखाएकोले आफूहरु ईलाका प्रहरी कार्यालय मिर्चैयाको घेराउ गर्ने तयारी गरेको पिडितहरुले बताएका छन् । मिर्चैयाका प्रहरी नायब उपरीक्षक चौधरीले डकैतीको अनुसन्धानलाई सामान्य चोरीको घटना जस्तै अघि बढाएको भन्दै पीडितहरु आक्रोशित भएका छन् । अनुसन्धान तीब्र रहेकोले अपराधी छिटो नियन्त्रणमा आउने : डिएसपी चौधरी शुक्रबार राती मिर्चैया–७ जिवामा भएको डकैतीको अनुसन्धान सुक्ष्म तबरले भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरीले बताएका छन् । घटनाको अनुसन्धान विभिन्न किसिमले भइरहेकोले अपराधी छिटो नियन्त्रणमा आउने उनले विश्वास व्यक्त गरे ।

घटनास्थलको प्रकृतिको समेत अध्ययन गर्दै अनुसन्धान गरिरहेको उनले थपे । अनुसन्धानको क्रममा केहि व्यक्तिलाई पक्राउ गरेपनि वास्तविक अपराधी नजिक नपुगेको र छिट्टै अपराधी नजिक पुग्ने उनले दाबी गरे । सुरुमा कुकुर ल्याएर अनुसन्धान गर्ने बताएपनि बर्षा भएकोले नल्याएको डिएसपी चौधरीले बताए ।

उनले घटनाको अनुसन्धान भईरहेको र केहि सामग्री समेत बरामद भएकोले चाँडै घटनाको सत्यतथ्य सार्वजनिक गर्ने बताए । यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञवाली पत्रकारहरुले घटनाको बारेमा जानकारी लिन खोज्दा डकैती नभएर चोरी रहेको बताएका थिए । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको एसपी ज्ञावालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप