बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

चाहनामा म तिम्रो, यस्तो गीत गाउँछु (भिडियो)

आइतबार, ०९ जेठ २०७३, ०७ : ३५
आइतबार, ०९ जेठ २०७३

अहिलेका चर्चित हर्कुलिस बस्नेतको शब्द-सङ्गीत, अल्मोडा राना उप्रेतीको सङ्गीत-संयोजन र गायक सन्जिब पराजुलीको स्वरमा सजिएको अती रोमान्टिक गीत ‘चाहनामा म तिम्रो’ हालै सार्वजनिक भएको छ ।

नेपाली कलाकारहरु अमेरिका भासिँदै गरेको अवस्थामा चर्चित मोडेल तथा नायक बिमलेश अधिकारीले बेलिनालाई उतै बिहे गर्ने चाहना गीतको भिडियोमार्फत राखेका छन् ।

गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेका छन् भने राजिव र अनुपको संयुक्त छायांकन र हिमाल जोशीले सम्पादन गरेका छन् ।

भिडियोमा अमेरिकाका विभिन्न रमणिय दृश्यलाई कैद गरिएको छ । यस गीतले श्रोता र दर्शकहरूको मन उत्तिकै जित्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप