मुस्लिम मुलुक साउदीमा मनाइयो बुद्ध जयन्ती
साउदी अरब- २५६० औं बुद्ध जयन्ती यहाँ रहेका नेपालीहरुले बुद्धप्रति गर्व र सम्मान गर्दै दीप प्रज्जवलन गरेर मनाएका छन् ।
वैदेशिक रोजगारको क्रममा साउदी अरबमा रहेका नेपालीहरुले पहिलो पटक बुद्ध जयन्ती मनाएका हुन् । नेपाली साझा मंचको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले बुद्धप्रति श्रद्धा अर्पण गर्नुका साथै बुद्धले प्रदान गर्नु भएको पंचशीलवचनलाई पालना गरेर जीवन सफल बनाउने प्रण समेत गरेका थिए ।
बुद्ध जन्मेको महत्वलाई मात्रै पनि विश्वलाई बुझाउन सके नेपालको समृद्धिको ढोका खुल्ने चर्चा गर्दै बुद्धको देशका नेपालीहरु रोजगारकालागि विदेशिनु विडम्बना भएको पीडा समेत पोखेका थिए । उनीहरुले नेपाल र विश्व राजनीतिमा बुद्धको नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औलाउदै बुद्धको अनुशरण गरेर मात्रै विश्वमा शान्ति र समृद्धि स्थापना हुन सक्ने बताए । अभियन्ता ओमप्रसाद फुयाँलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुद्ध भजन गाउनुका साथै सामुहिक दीप प्रज्जवलन गरिएको थियो । कार्यक्रममा अभियन्ता देवेन्द्र सुवेदी, अन्जनीकुमार अधिकारी, विधुर पौडेल, श्रीयवालिम्बू, केशर बानिया, कृष्ण पुरी र संजिव सुनुवार, विवेकशिल नेपालीका रविन गुरुंग र अकलप्रधान र अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठलगायतले बुद्धका बारेमाचर्चा र सामाजिक संजालमा बुद्धको प्रचारप्रसार गरेर सहयोग पु¥याउनेहरुलाई धन्यवाद र आभार व्यक्त गरेकाथिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण