बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डपुत्रीले भनिन्, ‘मलाई केन्द्रीय समितिमा नराखियोस्’

आइतबार, ०९ जेठ २०७३, १८ : ५२
आइतबार, ०९ जेठ २०७३

काठमाडौं–प्रचण्डपुत्री रेणु दाहालले आफू योग्यताको आधारमा नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य बनेको भएपनि प्रचण्डको नाम जोडेर अनावश्यक प्रचारबाजी गरिएको भन्दै आपत्ती प्रकट गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘वुवा प्रचण्डको नाम जोडेर मलाई पार्टीको केन्द्रिय समितीमा थपिन लागेको भन्ने मिडियाबाजीले मलाई दूस्खित तुल्याएको छ।म आफू खटेको कार्यक्षेत्रबाट अनुमोदित भएर यहॉसम्म पुगेको हुँ।’

उनले आफूलाई केन्द्रिय समितीमा नराख्न पनि आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘ मलाई केन्द्रीय समितिमा नराखियोस्। आगामी महाधिवेशनबाट कार्यकर्ताको बीचबाट विधी र प्रकृयाद्वारा केन्द्रिय सदस्यको रुपमा चुनिन चाहन्छु।’

उनले चुस्त केन्द्रीय समिति निर्माण गर्न पनि सुझाएकी छन् ।

प्रचण्डको बुहारी पनि माओवादी केन्द्रीय सदस्य !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप