प्रचण्डलाई सिके लालको यस्तो सुझाव (भिडियोसहित)
काठमाडौ– राजनीतिक विश्लेषक सिके लालले नयाँ सविधानलाई नेपालको सविधान नभएर ‘जंगलराज्य’को विधान भएको टिप्पणी गरेका छन् ।
शनिवार मधेश मानव अधिकार (अमेरिका) र यादव सेवा समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘जंगल राज्यमा र मानव राज्यमा धेरै फरक हुँदैन । जंगलमा शेरलाई जे मन लाग्छ त्यो गर्छ । तर मानव राज्यमा त्यस्तो हुँदैन । किनभने जंगलमा कुनै लिखित कानुन हुँदैन तर मानव राज्यमा लिखित कानुन हुन्छ ।’
अहिलेको सविधानमा मनोमानी भएको दावी गर्दै उनले त्यसलाई संस्थागत गर्ने प्रयास राज्यबाट भइरहेको पनि टिप्पणी गरे । सविधानमा बुवालाई अधिकार दिएको तर आमालाई अधिकार नदिएको भन्दै त्यसप्रति उनले कडा टिप्पणी गरे ।
उनले एमाओवादीका अध्यक्ष प्रचण्ड अझै जंगलीराज्यमा रहेको टिप्पणी गर्दै भने,‘ पुष्पकमल दाहाल इन्सान बन्न लाग्नु भएको थियो तर पुनः पछाडि फर्किनुभयो । हामीले उहाँलाई भन्न चाहन्छौ कि अझै तपाईमा इन्सान बन्ने क्षमता बाँकी छ । तपाई इन्सान बन्नुभयो भने सबैलाई सम्मान प्राप्त हुन्छ । सबैलाई सम्मान प्राप्त भयो भने तपाई झन सम्मानित हुनुहुन्छ । लामो समयसम्म जंगलमा बसेर आउनु भएको छ । इतिहासमा तपाईको नाम लेखिएको छ । यो भन्दा बढी के चाहियो ?’
उनले प्रचण्डलाई देशलाई जंगल राज्यबाट मानव राज्यमा रुपान्तरण गर्नका लागि सुझाव पनि दिए । उनले भने, हामीले रामराज्यको कुरा गरेका छैनौ । गान्धीवादको पनि कुरा गरेका छैनौ । माउसेतुगंको पनि कुरा गरेका छैनौ । मानव राज्यको मात्र कुरा गरेका छौ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्सान बनाउने खोजेको तर उनले इन्सानियत विर्सेको टिप्पणी कडा टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको सास्ती: बजेट पनि छैन, खर्च पनि हुँदैन !
-
स्थानीय बाली उत्पादन र प्राङ्गारिक खेतीका लागि अनुदान
-
दूधले साँच्चै बलियो बनाउँछ त हड्डी ?
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण