बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अमरेशकुमारलाई दिइएको सुरक्षाबारे सांसदहरुले उठाए प्रश्न

आइतबार, ०९ जेठ २०७३, १९ : ०१
आइतबार, ०९ जेठ २०७३
काठमाडौं–संसदको सुशासन तथा अनुगमन समितिका सदस्यले एक जना संसद सदस्यलाई दिएको सुरक्षाबारे प्रश्न उठाएका छन् । आज बसेको समितिको बैठकमा सांसदहरुले कांग्रेस सांसद अमरेश कुमार सिंहलाई के कारणले सुरक्षा उपलब्ध गराइएको भन्दै जवाफ मागेका थिए । समिति सदस्यहरुले विभिन्न व्यक्तिले लिएको सुरक्षा बारे चासो समेत राखेका थिए । बैठकमा समिति सभापति अमरसिंह राठोरले यस विषयमा जानकारी गराउन गृहमन्त्रालयलाई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप