सेयर बजार ३५ अंकले घट्यो
आइतबार, २३ जेठ २०७३, १६ : ५३
काठमाडौं–साताको पहिलो दिन आइतवार सेयर वजारमा करिव ३५ अंकले गिरावट आएको छ । आइतवार १ सय २८ कम्पनीका २४ लाख ४५ हजार १ सय ५१ कित्ता सेयर किनवेचवाट १ अर्व ३९ करोड १७ लाख ८८ हजार ९ सय २२ रुपैयाँको सेयर कारोवार भएको छ । आइतवार बीमा समूहको सेयर कारोवार २१९ दशमलव ४७, बैंकिङ समूहमा ३५ दशमलव २१, जलविद्युतमा १०४ र विकास बैंकमा ४२ अंकले गिरावट आएको छ । आइतवार ७ कम्पनीको सेयर मात्र हरियो भएको छ । यो दिन सोल्टी होटलका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । होटल समुह भने योदिन १३२ अंकले हरियो भएको छ । आइतवार नेप्से इन्डेक्स १४८३ दशमलव ०४ अंकमा बन्द भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण