ग्राण्डी अस्पतालले भन्यो, ‘अम्बर गुरुङको अवस्था स्थीर’
सोमबार, २४ जेठ २०७३, १० : ५२
काठमाडौं–वरिष्ठ संगीतकार अम्बर गुरुङको अवस्था स्थिर रहेको गाण्डी अन्तराष्ट्रिय अस्पतालले जनाएको छ ।
गाण्डीको भेण्टिलेटरमा उपचाररत उनको अवस्था स्थिर रहेको भन्दै अस्पतालका जनसम्पर्क सल्लाहकार विनोद अधिकारीले उपचार जारी रहेको रातोपाटीलाई जानकारी दिए ।
उनले डाक्टर अरुण कार्कीको टोली उपचारमा सक्रिय रहेको पनि बताए ।
समाजिक सञ्जालमा गुरुङबारे विभिन्न हल्ला चलेसँगै ग्राण्डीले यस्तो बताएको हो ।
उनको निधनबारे विभिन्न अनलाइनमा समाचार समेत भएको थियो भने श्रवण मुकारुङदेखि बिबिसीका पूर्व पत्रकार सुशील शर्माले समेत उनको निधनको श्रद्धाञ्जली दिएका थिए । अहिले भने उनीहरुले समाजिक सञ्जालमाफर्त परिवारसँग माफी मागेका छन् ।
गत सोमबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका गुरुङको स्वास्थ्य गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
वरिष्ठ सङ्गीतकार गुरुङलाई दुई महिनाअघि नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा खाने नलीमा पलाएको ट्युमरको उपचार गरी नेपाल ल्याइएको थियो । गुरुङलाई मधुमेह र पार्किन्सनको पनि समस्या रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण