सद्भावना पार्टीमा प्रवेश गरेको १५ दिन नबित्दै अशोक यादवले नयाँ पार्टी खोल्दै
काठमाडौ – संघीय समाजवादी फोरम नेपाल छाडेर सद्भावना पार्टीमा प्रवेश गरेको १५ दिन नबित्दै नेता अशोक यादवले नयाँ पार्टी खोल्न लागेका छन् ।
उनले जेठ २६ गते एक कार्यक्रम गरि आफ्नै नेतृत्वमा नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।
संघीय सद्भावना पार्टीमा पहाडीवाद हावी भएको, मधेशी मोर्चालाई वेवास्ता गरेको लगायतका आरोप लगाउँदै अशोक यादवलगायतका दर्जनौं नेताहरु फोरम नेपाल छाडेर जेठ ८ गते सद्भावना पार्टीमा प्रवेश गरेका थिए ।
अशोक यादवसँग सम्पर्क गर्दा उनले आफूले फोरम नेपाल परित्याग गरेको तर सद्भावना पार्टीमा पूर्णरुपमा प्रवेश नगरेको दाबी गरे ।
उनले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पटक पटक आफूलाई फोन गरेर पार्टीमा बोलाएको दावी गर्दै पार्टी प्रवेश कार्यक्रममा आफूलाई त्यहाँ जाने इच्छा नभएपनि कर गरिएको बताए ।
तर, उनले अध्यक्ष महतोबाट टिकालगाएर पार्टीको सदस्यता पनि लिएको सो पार्टीका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले बताए ।
यतिमात्रै होइन जेठ २८ गते भएको पत्रकार सम्मेलनमा अध्यक्ष महतोको सँगै अशोक यादव देखिएका थिए ।
यसको बचाउ गर्दै यादव भन्छन्, ‘म पार्टी कार्यालयमा जाँदा जवर्जस्ती बसाएर फोटो खिचेर फेसबुकमा राखिएको छ । सद्भावना पार्टीलाई त फोटो खिचेर फेसबुकमा राख्ने हतार हुन्छ भने सबैलाई थाह छ ।’
मधेशी युवा समाजका अध्यक्ष समेत रहेका यादवले मधेशका पार्टीहरुले एजेण्डा बनाए पनि कार्यान्वयन नगरेको आरोप लगाउँदै आफूले गरेर देखाउनका लागि अर्को पार्टी खोल्न लागेको दावी गरे ।
उनको पार्टीमा कोको आबद्व हुने र पार्टीको नाम के हुने भन्नेबारे भने टुंगो लागिनसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण