काठमाडौँ टावर निर्माण अन्योलमा
काठमाडौँ– निर्माण सामग्रीको अभावका कारण पुरानो बसपार्कमा बनाउन लागिएको काठमाडौँ टावरको निर्माण कार्य अन्योलमा परेको छ ।
टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण कार्य सुरु गर्न ढिला भएको निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटवालले जानकारी दिए।
उनका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतको सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्ने छ ।
हाल पुरानो बसपार्कमा जस्ताले बार्ने भइरहेको छ । भारतबाट आवश्यक सामग्री केही दिनमा आइपुग्ने र सामग्री आयसँगै निर्माण कार्यले गति लिने बताइएको छ ।
निर्माणलाई तीव्ररुपमा अघि बढाउनकै लागि भनी गत वैशाखको पहलो साता पुरानो बसपार्कमा आवतजावत गर्ने सबै यातायातका साधनलाई खुल्लामञ्चमा स्थानान्तरण गरिसकेको छ ।
भूकम्पपश्चात् भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक र १२ तल्लाको बनाउने तयारी छ । नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकसँगै नेपाली कला, संस्कृति झल्किने खालको हुने बताइएको छ ।
कामपासँग गरेको सम्झौताअनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् । काम सुरु भएको पाँच वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ ।
टावरको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । भवनको सबैभन्दा तल्लो तलामा बसको पार्किङ रहने छ । त्यस्तै, त्यसको माथि दुई तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित सिनेमा हल, पौडी पोखरी, रेस्टुराँ, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछ । भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण