कमल थापाले भने–‘सहमति’ शब्द अश्लील लाग्न थाल्यो
विराटनगर– उपप्रधानमन्त्री कमल थापाले मुलुकमा ‘सहमति’ शब्दको व्यापक रुपमा अपव्याख्या भएकाले अहिले यो शब्द अश्लील लाग्न थालेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, “प्रजातन्त्रमा बहुमतले सरकार बनाउने र अन्य दल प्रतिपक्षमा बस्ने गरिन्छ र साम्यवादमा प्रतिपक्षी हुँदैन ।’ नौ वर्षको अवधिमा आठवटा सरकार बनेको प्रसङ्ग उलेख गर्दै उनले सरकार बनेको छ महिना बित्दा नबित्दै सरकार परिवर्तन भयो भने जनतामा निराशा उत्पन्न हुने र अन्तर्राष्ट्रिय जगत्मा मुलुकको राजनीतिप्रति कस्तो सन्देश प्रवाह हुने विषयमा दलहरुलाई सोच्न सुझाव दिए ।
संविधान निर्माणमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्दै उपप्रधानमन्त्री थापाले स्थानीय निकायको निर्वाचन मङ्सिरमा गराउन सरकार तयार रहेको र यस कार्यका लागि नेपाली काँग्रेसलाई पनि अग्रसर हुन आग्रह गरे ।
मुलुकको सङ्कट समाधान गरेर सरकार आर्थिक समृद्धि र संविधान उनले राजनीतिक दलहरुलाई सरकारको अनावश्यक रुपमा विरोध नगरी संविधान कार्यान्वयन र मुलुकको विकासको कार्यमा सहयोग गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण