स्वास्थ्यकर्मी आन्दोलित, अस्पतालको सेवा ठप्प
बैतडी– जिल्ला अस्पताल बैतडीको आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीलाई आइतबार अपराह्न अभद्र व्यवहार गर्दै कालोमोसो दलेको घटनाको विरोधमा स्वास्थ्यकर्मीले अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन् ।
सेवा दिने स्वास्थ्यकर्मीको सुरक्षा नभएको भन्दै जिल्ला अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले बताए । उनले भने, “ड्युटीमा रहेका डाक्टरमाथि दुव्र्यवहार भएको छ । दोषीमाथि कारबाही नहुँदासम्म सेवा ठप्प पारिनेछ ।”
यस्तै, डा अवस्थीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै सोमबार स्वास्थ्यकर्मीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि नारा जुलुस गरेका छन् ।
पेटमा सात महिनाका तीन बच्चा रहेको अवस्थामा हातखुट्टा सुन्निएर हिँड्डुल गर्न नसक्दा शनिबार जिल्ला अस्पताल बैतडीमा पु¥याइएकी दशरथचन्द नगरपालिका–१ बल्लेककी २४ वर्षीया हिरा भुलको जिल्लामा उपचार हुन नसकेर कैलाली रिफर गर्नुपर्दा डा अवस्थीले एम्बुलेन्स उपलब्ध नगराएको आरोप लगाएर आइतबार कालोमोसो दलिएको थियो ।
आर्थिक अवस्था कमजोर भएकी हिरालाई असजिलो भएका बेला अस्पतालले आइतबार कैलाली रिफर गरेको तर एम्बुलेन्स नपाएको आक्रोशमा आफन्त तथा गाउँले महिलाले डा अवस्थीलाई कालोमोसो दलेको बताइएको छ । जिल्ला अस्पताल बैतडीका प्रमुख डा अवस्थीका अनुसार आफू आइतबार अस्पतालमै रहेका बेला समूहमा आएका महिलाले एक्कासि आफूमाथि कालोमोसो दलेको बताए । बिरामी महिला रिफरका लागि एम्बुलेन्सको व्यवस्था आफूले नै गरेर कैलाली पठाएको डा अवस्थीको भनाइ छ । “गर्भवती महिलाको पेटमा तीन ओटा बच्चा थियो,” उनले भने, “पेटमा पानी जमेको थियो । एउटा बच्चाको अवस्था सामान्य थिएन ।”
कालोमोसो दल्ने पाँच जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण