सेयर बजार ३३ अंंकले बढ्यो
सोमबार, २४ जेठ २०७३, १७ : ०२
काठमाडौं–साताको दोस्रो दिन सोमवार सेयर वजारमा ३३.६६ अंकले वृद्धि भएको छ । सोमवार होटल समूहको वाहेक अन्य सवै समूहको कारोवार वढेको हो ।
पहिलो दिन आइतवार करिव ३५ अंकले गिरावट आएको सेयर वजार सोमवार भने बढेको हो । सोमवार सेयर बजारमा बीमा समुहको कारोवारमा सवैभन्दा वढी १७५.३५ अंकको वृद्धि देखिएको छ । अघिल्लो दिनआइतवार बीमा समूहको सेयर कारोवार २१९ दशमलव ४७ अंकले गिरावट आएको थियो ।
सोमवार बैंकिङ समूहको सेयर ३८, विकास बैंकको २५.५६, जलविद्युत समूहको सेयर कारोावारमा ५७.१६ अंकले वढेको छ । यस्तै, फाइनान्स कम्पनीको सेयर ६.७१ र अनइ समूहको कारोवारमा २.३४ अंकले वृद्धि देखिउको भएपनि होटल समूहको सेयर कारोवार भने ३९ .१४ अंकले घटेको छ । सोमवार १ सय ३४ कम्पनीको १६ लाख २२ हजार ६ सय २८ कित्ता सेयर खरिद विक्रिवाट एक अर्व १५ करोड १८ लाख ४४ हजार २४ रुपैयाँको सेयर कारोवार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण