रोयल इन्फिल्ड जनकपुरमा
सोमबार, २४ जेठ २०७३, १७ : ११
काठमाडौं–जनकपुरमा रोयल इन्फिल्ड मोटरसाइकलको सोरुम स्थापना गरिएको छ । नारायणी मोटर्सले रोयल इन्फिल्डको डिलरको रुपमा सोरुम स्थापना गरेको हो । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले एक समारोहका बीच नारायणी मोटर्सको उद्घाटन गरेका छन् ।
उद्घाटनको अवसरमा अध्यक्ष दुगडले रोयल इन्फिल्ड अहिले एउटा लाइफस्टाइल बनिसकेको र यो एउटा आवश्यक सवारी साधनको रुपमा परिचित भएको बताए । सोरुम उद्घाटनको अवसरमा ‘मिथिला राइड’ समेत आयोजना गरिएको थियो । मिथिला राइडमा रोयल इन्फिल्डका बाइकले सहर परिक्रमा गरेका थिए ।
जनकपुरको मुजेलियामा खोलिएको उक्त सोरुमबाट ग्राहकले सबै मोडलका रोयल इन्फिल्ड बाइक पाउन सक्ने छन् । नारायणी मोटर्सले ३ महिनामा ५० मोटरसाइकल बिक्री गरिसकेको र एक बर्षमा २ सय मोटरसाइकल बिक्री गर्ने लक्ष्य लिएको बताएको छ ।
आगामी दिनमा प्रत्येक महिना विभिन्न प्रकारका राइड कार्यक्रम आयोजना गरिने बताइएको छ । सोरुम उद्घाटनको अवसरमा नारायणी मोटर्सका सञ्चालक डा. अभिशेक गोयन्का र दुगड ब्रदर्स एन्ड सन्सका हेड अफ अपरेसन मेघराज पौडेलको समेत उपस्थिति थियो ।
नारायणी मोटर्सले मोटरसाइकल बिक्री–वितरण गर्नुका साथै स्पेयर पार्ट्स र मर्मत सुविधा समेत उपलब्ध गराउने छ । नेपालमा दुगड ब्रदर्स एन्ड सन्स रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बितरक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण