शिक्षकले फोडे विद्यार्थीको कानको जाली
सोमबार, २४ जेठ २०७३, १७ : ४८
धनगढी–गृहकार्य नगरेको भन्दै धनगढीमा रहेको ऐश्वर्य विद्या निकेतनका शिक्षक चक्र जोशीले कक्षा ९ मा अध्ययनरत माधव केसीलाई कुटपिट गरी कानको जाली फुटाइ दिएका छन् ।
जोशीले कक्षा ९ मा अध्ययनरत माधव केसीलाई बेस्सरी कुटेर कानको जाली फुटालि दिएको विद्यार्थीका अभिभावक चक्र केसीले बताए ।
आइतबार कक्षामा अध्यापन गर्न गएका जोशीले गृहकार्य नगरेको भन्दै कुटपीट गरेका सहपाठीहरुले बताएका छन् ।
होमवर्क नगरेको आरोपमा विद्यार्थीलाई भकुर्ने शिक्षकलाई कारबाही गर्नुको साटो उल्टै पीडित विद्यार्थीलाई अनुशासनहीन भनेर आरोप लगाउँदै विद्यालयबाट निष्काशन गर्ने धम्की विद्यालय व्यवस्थापन समितिले दिएको छ ।
सो विद्यालयका प्रधानाध्यापक धर्मदेब भट्टले भने विद्यार्थी केसीले शिक्षकमाथि जाइलागेकोले उनलाई विद्यालयमा राख्न नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण