भूकम्पपीडितलाई चाँडै काठ उपलब्ध हुन्छः मन्त्री सापकोटा
काठमाडौँ– वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले भूकम्पपीडित जनताको घर निर्माणका लागि चाँडो काठ उपलब्ध हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री सापकोटाले भूकम्पपीडित जनतालाई ९० प्रतिशत सहुलियतमा काठ उपलब्ध गराउन वन मन्त्रालय लागेको जानकारी दिए । उनले भने – “काठको अभावले भूकम्पपीडित जनताको घर बनाउने काम रोकिँदैन ।
मन्त्री सापकोटाले भूकम्प प्रभावित जनतालाई काठ वितरण गर्नका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला वन अधिकृत सदस्य रहने गरी समिति गठन गरिसकिएको जानकारी दिए ।
उनले विदेशबाट बर्सेनि करोडौँ काठ आयात हुने गरेको उल्लेख गर्दै आयातलाई कम गर्न उमेर पुगेका तथा झाडी क्षेत्रलाई हटाएर साना बिरुवा रोप्ने र काठको उत्पादनलाई बढाउने कार्यक्रम मन्त्रालयले सञ्चालन गर्न लागेको बताए । उनले भने – “वैज्ञानिक वन व्यवस्थापनले काठको आयातलाई रोक्नेछ ।”
मन्त्री सापकोटाले भूकम्पपीडितलाई सरकारले दिन लागेको रु दुई लाख र निब्र्याजी रु तीन लाख असार मसान्तसम्म दिइसक्ने दाबी गरे । उनले सो रकम जनतासम्म पु¥याउनका लागि ५८ वटा बैंकसँग सम्झौता भइसकेको बताए । उनले संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणका लागि सबै दल एकजुट हुनुपर्ने भन्दै राष्ट्रिय सहमतिको सरकार वर्तमान आवश्यकता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण