सचिव गाउँमा नगएपछि स्थानीयले कार्यालयमा ताला लगाए
सिन्धुली– सिन्धुलीको भद्रकाली गाउँ विकास समितिका स्थानीय बासिन्दाले गाविस सचिव गाउँमा नआएपछि कार्यालयमा ताला लगाएका छन् । लामो समयदेखि गाविसमा सचिव को हो र किन नआएको भन्दै आज स्थानीय राजनीतिक दल, वडा नागरिक मञ्च र स्थानीयवासीको सर्वपक्षीय भेला बसी कार्यालयमा ताला लगाएका हुन् ।
निकै पहिले गाविस सचिव पूजा शाह गाविसको कार्यालयमा एक पटक आएको र अहिले उहाँ सरुवा भएको र जिविसले नयाँ सचिव पठाएको भने पनि कार्यालयमा हाजिर हुन नआएपछि ताला लगाएको नेपाली काँग्रेस भद्रकाली गाविसका उपसभापति उत्तम कार्कीले बताए ।
गाविस सचिव नआउँदा गुनासो सङ्कलनदेखि अन्य काम प्रभावित भएकाले ताला लगाउनुपरेको उनको भनाइ छ । भूकम्प प्रभावित स्थानीयवासीले रु दुई लाख आवास निर्माणका लागि पाउने अनुदानबाट वञ्चित भएको र उनीहरुले गुनासो दर्ता गराउन आउँदा कार्यालयमा गाविस सचिव नभेटिएपछि गुनासो दर्ता समयमा नभएको स्थानीयवासी वसन्त गौतमको भनाइ छ । स्थानीय विकास अधिकारी ईश्वरकुमार गिरीले भद्रकाली गाविसमा ताला लगाएको बारे आफूलाई जानकारी नआएको र उक्त गाविसमा अव दुई÷चार दिनमा गाविस सचिव कमल लामा जाने बताए । कमल लामाले बस्तीपुर र भद्रकाली गाविसको जिम्मा दिएकाले पनि समस्या सिर्जना भएको भन्दै सचिवले जिम्मेवारी निर्वाह गरिरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण