गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार , दुई घाइते
बिहीबार, २७ जेठ २०७३, १६ : ०३
रौतहट– विप्लव नेतृत्वको नेकपा माओवादी समर्थित कार्यकर्ताले आज बिहान प्रहार गरेको पेट्रोल बमबाट दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पौराई जङ्गल क्षेत्रमा आज बिहान ना६ख ४६१५ नंको ट्रकमा पेट्रोल बम प्रहार हुँदा चालक बलराम भण्डारी तथा सहचालक वसन्त मगर गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुको अनुहार, हात र कपाल जलेको छ ।
दुवै जनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको छ ।
माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।
गौर–चन्द्रनिगाहपुर राजमार्ग तथा पूर्व–पश्चिम राजमार्गमा बन्दका करण सार्वजनिक यातायातका साधन कम चलेका छन् । निजी सवारी साधन भने उल्लेख्य मात्रामा गुडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण