गण्डक नहरको पीडा : भारतले पानी नछाड्दा नेपाली किसानले घानको बिउसमेत राख्न पाएनन्
नवलपरासी – लामो खडेरी परेपछि नवलपरसीका किसानहरु धानको बिउ रख्न पाएका छैनन् । पानीको पहुंचबाट टाडा रहेका सदरमुकाम परासी दक्षिणी क्षेत्रका किसानहरु धानको बिउ राख्न नपाएका हुन् ।
आकासे पानीको भरमा बस्न बाध्य नवलपासीका अधिकांस किसानहरु बिउ राख्ने समयमा पानी नपरे पछि धान खेती ढिलाई भै उत्पादन कम हुने चिन्तामा रहेका छन् ।
नेपाल गण्डक पश्चिम नहरमा भारतीय पक्षको मनोमानीले नेपाली नहरमा पानी नछाडि दिँदा गण्डक कामण्ड क्षेत्रका किसानहरुलाई पनि धानको ब्याड राख्ने समस्या भएको कृषक मुकुत चौहानले बताए ।
भारतीय पक्षले आफनो अनुकुलमा नेपाली नहरमा पानीको लेबल मेन्टेन गरे मात्र पश्चिीमी नहरमा बल्ल पानी आउने गरेको छ ।
आकासे पानी नपरेपछि खोल्सा खाल्सीबाट पानी तानेर राखेको बिउ किसानहरुको बिउ सुक्न थालेको छ भने ब्याड पटपटी फुटेको छ । कतै कतै पम्सेट चलाएर ब्याड राखेका खेतहरु पनि पट पटी फुटेर धांजा फटेका छन् ।
नवलपरासीमा ४६ हजार ६ सय हेक्टर क्षेत्रफल धान खेती गरीने जिल्ला कृर्षि बिकास कार्यालयका प्रमुख तेजनारायण गैरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण