अमेरिकी दूतावासको कर्मचारी भन्दै ठगी गर्ने पक्राउ
शुक्रबार, २८ जेठ २०७३, १५ : १५
काठमाडौं – आफूलाई अमेरिकन दूतावासको कर्मचारी भन्दै लाखौं ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर ठेचो घर भएका सिद्धार्थ कार्कीले आफू दूतावासको कर्मचारी भएको बताउँदै ६ जना विद्यार्थीहरुसँग २ लाख ७८ हजार ठगी गरेका थिए ।
कार्कीले रुपन्देही घर भएका प्रकाश कार्कीलगायत ६ जना विद्यार्थीहरुलाई भूकम्पपीडित कोटामा प्रतिव्यक्ति ४ लाखभन्दा बढी खर्च नलाग्ने बताउँदै ठगी गरेका थिए । उनले आफू दूतावासको कर्मचारी भएकाले अमेरिका जाने भिसा लगाउन तत्काल प्रोसेसका लागि रकम चाहिन्छ भन्दै प्रकाशबाट ६५ हजार ५०० र मदन पोखरेलबाट १ लाख ५० हजार गरी ६ जनाबाट २ लाख ७८ हजार असुलेका थिए ।
विद्यार्थीहरुले प्रहरीको अपराध महाशाखामा उजुरी दिए पनि कार्कीलाई मुलपानीबाट पक्राउ गरेको थियो । उनलाई आवश्यक कारवाहीका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण