पर्साका कृषकलाई अनुदान दिन रु ७६ लाख विनियोजन
वीरगन्ज - सरकारले सहकारी खेती तथा साना सिँचाइका लागि चालु आवमा जिल्लाका कृषकलाई अनुदान दिन रु ७६ लाख बजेट विनियोजन गरिएको छ ।
कृषि उत्पादनमा आत्मनिर्भर तथा गरिबी न्यूनीकरण गर्ने उद्देश्यले उक्त बजेट विनियोजन गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हाले बताउनुभयो । साना सिँचाइ विशेष कार्यक्रम सञ्चालन गर्न रु ६१ लाख, सहकारी खेतीमा आधारित साना सिँचाइतर्फ रु १२ लाख र सहकारीमा आधारित साना सिँचाइ योजनातर्फ रु तीन लाख विनियोजन गरिएको छ ।
ती कार्यक्रम सञ्चालनका लागि सूचना प्रवाह गर्दा साना सिँचाइ विशेष कार्यक्रमका लागि साना कृषक समूहबाट ५३८ वटा निवेदन परेकामा बैठकले रितपूर्वक आएका २११ वटा कृषक समूहलाई स्वीकृत गरेको छ । ती समूहलाई सिँचाइका लागि पम्पसेट अनुदानमा उपलब्ध गराइने कार्यालयले जनाएको छ ।
त्यस्तै सहकारीमा आधारित साना सिँचाइ योजना कार्यक्रमतर्फ नौ वटा र सहकारी खेतीमा आधारित साना सिँचाइतर्फ १३ वटा निवेदन परेकामा जल उपभोक्ता कृषक सहकारी संस्था विजवनियालाई र सहकारी खेतीमा आधारित साना सिँचाइ स्किमतर्फ बालाजी कृषि सहकारी संस्था चोर्नी, कृषक उपभोक्ता सहकारी संस्था गोविन्दपुर तथा सुगीभार माई कृषि सहकारी संस्था शङ्कर सरैयाको प्रस्ताव स्वीकृत गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण