गाई काटेको आरोपमा विक पक्राउ
वालिङ - स्याङ्जाको भिरकोट नगरपालिका–१० गगनडाँडामा गौहत्याको आरोपमा पक्राउ परेका एक पुरुषलाई प्रहरीले सार्वजनिक गरेको छ ।
गत सोमबार पाल्नका लागि भनेर लगेको गाईलाई बन्चरो प्रहार गरी हत्या गर्ने भिरकोट नगरपालिका–१० बस्ने वर्ष ५६ का पदमबहादुर विकलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरी सार्वजनिक गरेको हो ।
विकले भिरकोट नगरपालिका–२ बस्ने केशव कोइरालाको घरमा रहेको अन्दाजी पाँच वर्षको खैरो रङ्गको गाई पाल्न लैजाने भनी नगद रु ५०० र गाईका लागि चाहिने केही खाद्यान्न लिएको बुझिएको प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताए ।
गाईको परीक्षण गरी पुरिएको र निज पदमबहादुर विकलाई जिल्ला अदालत स्याङ्जाबाट छ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।
मुलुकी ऐन चौपायाको महलको दफा ११ मा जानी जानी गाई गोरु मार्नेलाई १२ वर्ष र मार्नका लागि वचन दिनेलाई छ वर्षको कैद सजायको व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण