सिद्धार्थ डेभलपमेन्ट बैंकले सुरु ग¥यो एकीकृत कारोवार
काठमाडौं–सिद्धार्थ डेभलपमेन्ट बैंकले एकता विकास बैंक र नेपाल आवास फाइनान्ससँग एक आपसमा गाभिए (मर्ज) पछि शुक्रवारवाट एकीकृत कारोवार सुरु गरेको छ । बैंकको एकीकृत कारोवारको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शुक्रवार शुभारम्भ गरेका हुन् ।
काठमाडौंको तीनकुनेमा केन्द्रिय कार्यालय रहेको सिद्धार्थ डेभलपमेन्ट बैंकले अन्य दुई वित्तीय संस्थासँग मर्ज भएपछि चुक्ता पुँजी एक अर्व १४ करोड रुपैयाँ पु¥याएको छ । यस्तै, बैंकका ३३ शाखा कार्यालय, १२ अर्व रुपैयाँ निक्षेप, १० अर्व कर्जा लगानी रहेको जनाइएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको अन्त्य सम्ममा बैंक तथा वित्तीय संस्थालाई पुँजी वृद्धि गर्न गरेको व्यवस्था अनुसार सिद्धार्थले समेत अन्य दुई संस्थासँग मर्ज गरेको हो । राष्ट्र बैंकले पुँजी वढाउन सवैभन्दा उत्तम विकल्प मर्जर नै रहेको वताइरहदा सिद्धार्थले दुई संस्थासँग मर्ज गरेर राष्ट्र बैंकको व्यवस्थालाई कार्यान्वयन गरेको जनाएको छ ।
लाभ सेवाको सन्तुलन हुनुपर्छ : अर्थमन्त्री
बैंकको एकीकृत कारोवारको उद्घाटन अवसरमा वोल्दै अर्थमन्त्री पौडेलले लाभ र सेवाको सन्तुलनमा मात्र बैंक तथा वित्तीय संस्था सवल हुने भन्दै त्यसमा ध्यान दिनुपर्ने बताएका छन् । उनले बैंकहरु ग्रामिण जानु पर्नेमा पनि जोड दिए । साथै, सरकारी तवरवाट हुने सेवा प्रवाहको प्रभावकारिता र अनियमितता न्युनिकरणका लागि सरकारले बजेट मार्फत सवै नेपालीको बैंक खाता खोज्ले योजना ल्याएका प्रष्ट्याए । ‘बैंकिङ च्यानलवाट काम हुने हो भने सेवा प्रवाह बढ्ने र अनियमितता कम हुने गर्छ’, मन्त्री पौडेलले भने, ‘सोही अवधारणका आधारमा यो व्यवस्था गरिएको हो ।’
उनले अहिलेको वजेट निक्कै उत्साहजनक रहेको भन्दै कार्यान्वनका लागि सरकारले केही दिनमै योजना सार्वजनिक गर्ने बताए । बजेट कार्यान्वयनमा आउदैन भन्ने भ्रम रहेको भन्दै उनले त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने योजना पनि सार्वजनिक गरिन लागेको जनाएका हुन् ।
डेभलपमेन्ट बैंक एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले बैंक तथा वित्तीय संस्थाको स्थायीत्वका लागि मर्जर सवैभन्दा प्रभावकारी हुने बताए । बैंकका अध्यक्ष कृष्णचन्द्र सुवेदीले अन्य दुई संस्थासँगको मर्ज पछि सिद्धार्थ डेभलपमेन्ट बैंक मुलुकै दोस्रो ठूलो विकास बैंक बनेको बताए । उनले राष्ट्र बैंकको नीति अनुसार मर्जमा जाने पहिलो बैंकनै सिद्धार्थ रहेको पनि बताए । यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले गत भदौ २८ गते एकता विकास बैंकसँग मर्जर सम्झौतापछि अहिले यो स्थितीमा आइपुगेको जनाए । यसवाट बैंकको सेवा प्रवाहमा थप सहयोग पुगेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण