निकारागुआमा ६.१ रिक्टर स्केलको भूकम्प
शुक्रबार, २८ जेठ २०७३, १६ : ०८
मनागुआ - उत्तरपश्चिमी निकारागुआमा बिहीबार राति ६.१ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पपछि त्यहाँ रहेका सवै बासिन्दा त्रसित भएका जनाइएको छ ।
यस भूकम्पको विस्तृत विवरण र मानवीय तथा भौतिक सम्पत्तिको क्षतिबारे हालसम्म समाचार प्राप्त नभएको बताइएको छ ।
स्थानीय समयाअनसार बिहीबार राति ९ः२५ मा गएको यस भूकम्पको केन्द्रविन्दु हन्डुरसको सीमामा पर्ने पुुएर्टो मोराजानबाट १७ किलोमिटर पूर्वमा १० किलोमिटर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युइसजिएस) ले जनाएको छ ।
उक्त शक्तिशाली भूकम्पपछि स–साना तीनवटा पराकम्प गएको पनि युएसजिएसले थप जानकारी दिएको छ ।
पुुएर्टो मोराजान निकारागुआको राजधानी मनागुअबाट १२५ किलोमिटर टाढा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण