पुनर्निर्माण गरिएको गाविस भवन गुणस्तरहीन
पुन निर्माण तथा पुर्नस्थापना कार्याक्रम अन्तर्गत निर्मित तीन कोठा र एक सभाहलसहित गाविस भवन गुणस्तरहिन काम भएको स्थानीय शान्ति समितिका संयोजक एक बहादुर कार्कीले बताए । उनले भने–‘सिमेन्ट, गिट्टी, बालुवाको मिश्रण राम्रो छैन, विम, पिलरहरु लिरिक लिरिक हल्लीरहेको छ, ढलान गरेको छतमा प्रयोग गरेको रडहरु जताततै देखिरहेको छ ।’ उनका अनुसार ढलानमा मुसा कुद्ने दुलाहरु देखापरेको, ढलानमा सिमेन्ट र पानीको कम मात्रामा प्रयोग गरेको बताए । संयोजक कार्कीका अनुसार विकास निर्माणको काममा जिल्ला प्राविधिक कार्यालयको कमि कमजोरी देखिएको बताए ।
यस्तै सम्झौता गरेर काम अगाडी बढाएपनि कमशल खालको काम भएको स्थानीय एमाले नेता बोधकुमार घिमिरेले बताए । ‘ढलान गर्नु अघि हामी दुई चार जनाले निर्माणधिन भवनमा प्रयोग गर्न खोजेको गिट्टी, बालुवा कमशल, गुणस्तरहिन हो, यसलाई चेन्ज गर्नु पर्छ भन्दा भन्दै ठेक्केदारले अटेर गरेर कमशल गिट्टी, बालुवा प्रयोग गरेको थियो ।’ घिमिरेले भने– ‘भवनमा प्रयोग गरेको पिलरमा प्रयोग भएको रड समेत गिट्टी, बालुव र सिमेन्टको समिश्रण हुन सकेको छैन र पिलर लिरिक लिरिक हल्लि रहेको छ ।’ घिमिरेले भने– ‘दिवालमा भएको सिमेन्ट, बालुवाले राम्रोसँग पानी खाएको छैन भने ढलान भएको छतमा समेत पानी नलगाएकोले झनै कमजोर भएको छ ।’
यस्तै भवन निर्माणमा कमशल खालको बस्तु प्रयोग भएको भन्दै स्थानीय स्तरबाट गुनासो आएको र भवनमा प्रयोग भएका सामग्री परिवर्तन गर्न पटक पटक ठेक्केदार कम्पनीलाई भनेपनि ठेक्केदारले वेवास्ता गरेको पंचावती गाविस सचिव खिलराज कार्कीले बताए । उनका अनुसार भवन कमशल खालको भएको भन्दै पटक पटक जिल्ला प्राविधिक कार्यालयलाई जानकारी गराउँदा समेत प्राविधिक कार्यालयले समेत कुनै सुनुवाई नगरेको सचिव कार्कीले बताए । गाविस भवन निर्माणको काम २०७३ साल असार २५ गतेसम्ममा सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण