स्थायी सरकार नभएसम्म विकास असम्भव : राज्यमन्त्री साह
शुक्रबार, २८ जेठ २०७३, १७ : १०
जलेश्वर -देशमा स्थायी सरकार नभएसम्म विकास सम्भव नहुने शान्ति तथा पुर्णनिर्माण मन्त्रि दिपनारायण साहले बताएका छन । स्थानीय शान्ति समितिको कार्यालय जलेश्वर निरिक्षण तथा भेटघाट कार्यक्रममा उहाले सो बताएका छन ।
महोत्तरीमा बढी भन्दा बढी योजना पार्न आफु प्रयत्नसिल रहेपनि यहाँबाट एकाध वाहेकका योजना केन्द्रमा नपुग्ने गरेकोले सम्बन्धित सवैलाई जिल्लाको विकासको लागि बढी भन्दा बढी योजनाहरु दिन समेत आव्हमान गरेका छन ।
स्थानीय शान्ति समित निरिक्षण गर्ने क्रममा शान्ति समितिका सचिव दामोदर मैनालीले जिल्लामा जम्मा ९९ उजुरी परेको जानकारी मन्त्री साहलाई गराएका थिए । नेपाल भर जम्मा १७ हजार ७ सय ३६ उजुरी दर्ता रहेकोमा असार १२ सम्म थप ३ हजारको हाराहारीमा उजुरी दर्ता हुन सक्ने भन्दै मन्त्री साहले उजुरी दर्ताले मात्रै समस्या समाधान नहुने हुनाले हामीले सो को छिनोफानो समेत गर्ने प्रतिबद्धता जनाएका थिए ।
मन्त्री साहलाई प्रमुख जिल्ला अधिकारी तथा सुरक्ष निकाय,राजनितिक दल र पत्रकार समेतको उपस्थितिमा स्थानीय शान्ति समितिका संयोजक बजरंग नेपालीले मायाको चिनो प्रदान गरेर स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण