ओखलढुंगामा पहिलो किस्ता बापतको ५० हजार बितरण शुरु
ओखलढुंगा – ओखलढुंगा जिल्लाका भुकम्पपीडितलाई अनुदान बापतको पहिलो किस्ता आजबाट बितरण गरिएको छ । जिल्लाको सल्लेरी गाबिसका भूकम्प पिडितहरुलाई पहिलो किस्ता बापतको ५० हजार आजबाट बितरण शुरु गरिएको हो ।
सो गाबिसका भुकम्प पिडितहरुलाई टुरीजम डेप्लप्मेन्ट बैकले रकम बितरणको जिम्मा लिएको बैकका सहायक मेनेजर बिबेक राज भन्डारीले जनकारी दिए । जस अन्तरगत आज २४ जना भुकम्प पिडितहरुले रकम बुझेका छन् । रकम बितरणका लागी सल्लेरी गाबिसका ३८ जना भुकम्प पिडितहरुको अधिकारीक नाम बैकंमा रहेकाले सहायक मेनेजर भन्डारीले बताए ।
उनका अनुसार बाँकी रहेका घरधुरीलाई भोली पनि बितरण गरिने छ । रकम लिनका लागी पीडितहरुले १ प्रति फोटो ,रकम सम्झौताको काजगाज, नगरिकताको फोटोकपी र सक्कली नागरीकता सहित ब्यक्ती स्वयमनै उपस्थित हुनु पर्ने बताईएको छ । भूकम्पपीडितहरु लामो समयको पर्खाईपछि भएपनि रकम पाएकोमा खुशी व्यक्त गरेका थिए । सो रकमले अब ओत लाग्ने ठाँउ बनाउने उनीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण