अर्याल समाज जापानद्वारा क्यान्सर पिडितलाई सहयोग
गुल्मी - गुल्मीको आँपचौर–६ अमलाबोट निवासी वोनम्यारो क्यान्सर पिडित रामप्रसाद भण्डारीको उपचारका लागि अर्याल सेवा समाज जापानले आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष चेतन अर्याल र महासचिव भानु अर्यालको पहलमा जापानमा सहयोग संकलन गरी ३ लाख १२ हजार ४ सय ४५ रुपैयाँ भण्डारीलाई सहयोग गरिएको हो ।
पुर्व शिक्षक रहेर आँपचौरको शैक्षिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुराएका भण्डारीको आर्थिक अवस्था भने आफ्नै उपचार खर्च जुटाउने उपायसमेत नभएपछि सार्वजानिक रुपमा सहयोगको अपिल गर्न बाध्य भएका थिए ।
उनको अपिल सम्वन्धि खवर सार्वजानिक भएपछि अर्याल सेवा समाज जापानले सहयोग संकलन अभियान जारी गरेको थियो । संकलित उक्त रकम नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लको रोहवरमा अध्यक्ष अर्याल र महासचिव अर्यालले त्यहाँबाट पिडितको बैंक खातामा पठाई दिएका छन् ।
भण्डारीलाई हिजो रकम पठाउन साथ दिल्लीको गान्धी क्यान्सर अस्पतालमा पठाईको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण