‘क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१६’ घोषणा
काठमाडौं–काठमाडौं फोटोग्राफर संघले बिहीबार ‘क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१६’ घोषणा गरेको छ । फोटोग्राफर गौरव रिजालले ‘क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१६’ जित्न सफल भएका छन् । उनलाई संस्किृती, पर्यटन तथा नागरीक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले अवार्ड प्रदान गरेका थिए ।
फोटोग्राफर नन्द श्रेष्ठले दोस्रो तथा चौथो पुरस्कार प्राप्त गरे भने सन्देश प्रजापती तेस्रो र किशोर रिजाल पाचौं भएका छन् । क्याननका मार्केटिङ मेनेजर सुनिल त्रिवेदीले प्रथम, द्वितिय तथा तृतिय लाई क्रमशः क्यानन ईओएस डिएसएलआर ७०डि, ७५०डि, १३००डि प्रदान गरेका हुन् ।
चौथो र पाँचौलाइ विशेष पुरस्कार प्रदान गरियोएको छ । उत्कृष्ट सय फोटोहरुको प्रदर्शनी नेपाल आर्ट ग्यालरी बबरमहलमा जेठ ३० देखि ३२ गतेसम्म हुने पनि जनाइएको छ ।
यस अवार्डमा ६८६ वटा फोटोहरु सहभागी भएका थिए । 'वेडिङ फोटो कम्पिसिटसन २०१२ मा’ डेढ सय प्रतियोगीको सहभागिता थियो भने २०१३ को दोस्रो प्रतियोगितामा ४०० भन्दा बढी प्रतियोगीको सहभागिता थियो । त्यस्तै २०१४ को तेस्रो प्रतियोगितामा ५०० भन्दा बढी फोटो समावेस थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण