स्थानीय निकायको निर्वाचनमा लाग्न कार्यकर्तालाई कांग्रेसको निर्देशन
शुक्रबार, २८ जेठ २०७३, ११ : ०३
दमक - नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचनमा तयारीका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आज काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ७ ले दमकमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले संविधान कार्यान्वयन गर्न पनि स्थानीय निकायसहित प्रदेश सभाको निर्वाचन गर्न जरुरी भएको बताए ।
उनले तोकिएको समयसीमाभित्र संविधान कार्यान्वयन गर्न दल लाग्नुपर्ने जिकिर गरे ।
उनले नयाँ संविधान काँग्रेसकै नेतृत्वमा आएको र यसको कार्यान्वयन गर्न पनि काँग्रेसले वैचारिक रुपमा नेतृत्व लिने दाबी गरे ।
काँग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिटौलाले सरकार संविधान कार्यान्वयन गर्न दलीय सहकार्य गर्न नसकेको जिकिर गरे ।
भेटघाट कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष तथा सांसद नगेन्द्र कुमाल, सांसद महेन्द्रकुमारी सुब्बालगायतले काँग्रेसलाई बलियो बनाउन हरेक कार्यकर्तामा जिम्मेवारी आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण