सरकार गिराउनेभन्दा राष्ट्रिय सहमति बनाउनतर्फ लाग्नुपर्छ : प्रचण्ड
शुक्रबार, २८ जेठ २०७३, १९ : ०७
सुर्खेत -नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले सरकार गिराउनतर्फ नलागी सबै दल राष्ट्रिय सहमति बनाउनेतर्फ लाग्नुपर्ने बताएका छन् ।
प्रदेश नं ६ को पार्टी एकता भेलाका लागि आज सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा सहमतिका लागि आफ्नो दल हदैसम्म लचिलो भएको जानकारी दिँदै मुलुकको अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमति नै भएको स्पष्ट गरे ।
संविधान कार्यान्वयन, मधेस तथा थारुको समस्या समाधान, पुनःनिर्माण र विकास गर्न प्रमुख दलबीच राष्ट्रिय सहमतिको आवश्यकता रहेको उल्लेख गरे। अबको केही दिनभित्र मधेस समस्या समाधान हुने जिकिर गर्दै उनले मधेसवादी दलका नेताहरू पनि अब सहमतिको अवस्थामा आएकाले मधेस समस्या समाधान गर्न धेरै समय नलाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
-
गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल
-
राजमार्ग खुला भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, तस्बिरहरु
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
-
आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण