सेक्स स्क्याण्डलबारे डि गेयाको प्रतिक्रिया : यो झुठो हो
पेरिस – स्पेन र म्यान्चेस्टर युनाइटेडका गोलकिपर डेभिड डि गेयाले स्पेनिस पत्रिकाले दाबी गरे अनुसार आफ्ना टोलीका साथीहरुका लागि महिलाको इच्छा विपरित सेक्स पार्टी आयोजना नगरेको स्पष्ट पारेका छन् । पत्रिकाको सबै दाबी डि गेयाले खण्डन गरेका हुन् ।
डि गेयाले भने, ‘यो सब झुठो हो ।’
स्पेनिस पत्रिका एल डायरियोले स्पेनमा एक पोर्नोग्राफरविरुद्ध चलिरहेको मुद्दाको दस्तावेज सार्वजनिक गर्दै डि गेयामाथि आरोप लगाएको थियो ।
स्पेनका टोर्बे भनेर चिनिने चर्चित पोर्नोग्राफर इग्नासियो एलेन्डे फर्नान्डेजविरुद्ध यौनव्यवसाय चलाएको, यौनदुराचार गरेको र नाबालिकमाथि यौनदुव्र्यवहार गरेको भन्दै मुद्दा चलिरहेको छ । उनी गत अप्रिलदेखि हिरासतमा रहेका छन् ।
उक्त दस्तावेजमा एक महिलाले डि गेया अन्डर २१ को सदस्य रहँदा सन् २०१२ मा टोलीका दुई साथीसँग जबर्जस्ती यौनसम्बन्ध राख्न बाध्य बनाइएको बयान दिएकी छिन् ।
‘म यो रिपोर्ट पढेर स्तब्ध छु । यो दाबी गलत र झुठो छ,’ स्पेनको ट्रेनिङ बेसमा गरिएको पत्रकार सम्मेलनमा डि गेयाले भने । युरो २०१६ का लागि उनी हाल फ्रान्समा रहेका छन् । उनले यो मामिला उनको वकिलले हेरिरहेको बताएका छन् । यसअघि डि गेयालाई टोलीबाट निकालिएको समाचार समेत बेलायती मिडियाहरुमा आए पनि त्यो गलत साबित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण