२२ हजार ७८६ डलरसहित पाँच पक्राउ
शनिबार, २९ जेठ २०७३, ०९ : ११
चितवन - चितवन प्रहरीले २२ हजार ७८६ अमेरिकन डलरसहित पाँच जनालाई पक्राउ गरेको छ ।
चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार उनीहरुलाई काठमाडौँबाट काँकडभिट्टा जाने क्रममा चितवनमा गाडी चेक गर्दा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा म्याग्दी बाबियाचौर–५ का २८ वर्षीय नवीन क्षेत्री, म्याग्दी अर्मन गाविस–५ का २८ वर्षीय शेरबहादुर रोका, म्याग्दीकै बीमाका २० वर्षीय बादल जुग्जाली, सोही जिल्लाको ओखरबोट गाविस–५ बस्ने २२ वर्षीय मनोज बूढा र सोही ठाउँका ३३ वर्षीय मनोज भण्डारीलाई पक्राउ गरिएको कुँवरले बताए ।
उनका अनुसार डलर बोकेर हिँड्न स्वीकृति चाहिनेमा कुनै पनि कागजपत्र नभेटिएकाले पक्राउ गरिएको छ ।
जेठ २७ गते पक्राउ परेका उनीहरुलाई अहिले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण