उदयपुरमा ५ वर्षीया बालिका बलात्कृत
शनिबार, २९ जेठ २०७३, ११ : ११
उदयपुर – उदयपुरको पश्चिमी गाविस ओख्लेमा एक पाँच वर्षीया बालिका बलत्कृत भएकी छिन् । सोही गाउँका १८ बर्षिय ज्ञान बहादुर खड्काले बुधबार दिउँसो घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको पिडित बालिकाको आफन्तले बताएका छन् । घटना २६ गतेको भएपनि भोलिपल्ट मात्र पिडित बालिकाले परिवारलाई सुनाएपछि घटना बाहिर आएको थियो । घटना लगतै समाजका मानिसहरु भेला भई पिडकको खोजी गर्दा पिडक फरार रहेकाले नजिकैको प्रहरी चौकीमा गई उजुरी गरेको स्थानीय नेता बाबुराम राईले बताए । घटना स्थल तर्फ इलाका प्रहरी कार्यालय कटारीको टोली पठाई सकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक ओमबहादुर राना मगरले बताए । फरार आरोपितको खोजी कार्य भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण