बेनीमा शान्ति समाजको जागरण सभा
म्याग्दी– मानव अधिकार तथा शान्ति समाजले राष्ट्रिय एकता र सद्भावको सन्देश प्रवाह गराउन सञ्चालन गरेको देशब्यापी अभियान अन्तरगत शनिबार बेनीमा जागरण सभा सम्पन्न भएको छ ।
समाजको म्याग्दी जिल्ला शाखाले संयोजन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक सभापति तथा नागरीक आन्दोलनका अगुवा कृष्ण पहाडीले अराजकता र हिंसाबाट देशलाई मुक्त बनाई सम्बृद्धीको बाटोमा अघि बढाउनुपर्ने बताए ।
उनले देशमा शान्ति कायम गर्नका लागि समाजबाट घृणा, सत्रुता र अहिंसाको अन्त्य गर्नुपर्ने बिचार व्यक्त गरे । उनले नेपालका समुदायहरु बीच घृणा र सत्रुताको भावना सिर्जना गरी सद्भाव बिगारेर दन्द्धतर्फ धकेल्ने प्रयास भएको भन्दै त्यसबाट सचेत रहन आग्रह गरे ।
बन्द र नाकाबन्दी मानवता बिरुद्धको अपराध भएको भन्दै उनले विभिन्न बाहनामा जनतालाई दुख दिने काम बन्द गर्नुपर्ने बताए । कार्यक्रममा सांसद रेशम बानियाले नयाँ संबिधान कार्यान्वयनका लागि मधेशको असन्तुष्टिलाई सम्बोधन गर्न वार्ता र सहमतीका लागि सरकारले पहल गर्नुपर्ने बताए ।
बिदेशी हस्तक्षेपको खबरदारी, राष्ट्रिय एकता र सद्भाव कायम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले देशका ४२ जिल्लामा जागरण सभा गरिसकेको संस्थाका सभापति गंगाधर अधिकारीले जानकारी दिए । उनले सबै जिल्लामा पुगेर जागरण सभा मार्फत शान्ति, अहिंसा र राष्ट्रिय स्वाभीमानका विषयमा सन्देश प्रवाह गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
-
गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल
-
राजमार्ग खुला भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, तस्बिरहरु
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
-
आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण