सशस्त्र प्रहरीद्वारा लोडेड पेस्तोलसहित सात जना पक्राउ
महोत्तरी– महोत्तरी जिल्लाको पोखरभिण्डा ७ पोखरभिण्डा चोकस्थित एक होटलबाट सशस्त्र प्रहरीको टोलीले शुक्रबार अपरान्ह लोडेड पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ७ जना मध्ये ६ जना भारतीय नागरिक छन् । पक्राउ पर्नेहरुमा महोत्तरी गौशाला नगरपालिका ११ वस्ने १६ वर्षिय अमनकुमार साह तथा भारतीय नागरिकहरु सितामणी सिर्सिया ८ घर बताउने १७ वर्षिय रामवली कुमार, सोही ठाउँ ७ घर बताउने १७ वर्षिय दिनेशकुमार महतो र १९ वर्षिय रञ्जितकुमार सुरी तथा भारतकै सितामणी महुअवा ५ घर बताउने राजकुमार राम, अजितकुमार महतो र सितामणी महुअवा ९ घर बताउने १७ वर्षिय हिराकुमार महतो छन् । सो ठाउँमा रहेको निरञ्जन शाहको होटलमा खाजा खाँदै गरेका उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा निजहरुको साथबाट ७.६५ एमएमको मेड इन इण्डिया लेखिएको एउटा पेस्तोल, सो को तीन वटा गोली र एउटा म्याग्जिन बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पोखरभिण्डाबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाशचन्द्र भट्टको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई तीन राउण्ड गोली लोड रहेको अवस्थामा रहेको उक्त पेस्तोलसहित पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट उक्त हतियारको साथै दुई वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल, चार थान मोवाइलफोन सेट, तीन वटा हातमा लगाउने पञ्चनोक, चाँदीको ब्रासलेट दुई वटा, सिम कार्ड दुई वटा, मेमोरिकार्ड एउटा, एक थान एटिएम कार्ड तथा नाइट्रोजन ट्याब्लेट एक पत्ता र नेपाली रुपैयाँ पाँच सय तथा भारतीय रुपैया १५ सय समेत बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण