कन्सर्टकै दौरान गायिकाको गोली प्रहार गरी हत्या
ओर्लान्डो – चर्चित युट्युव स्टार तथा गायिका क्रिस्टिना ग्रिमीको एक कन्सर्टको दौरान गोली प्रहार गरी हत्या गरिएको छ । अमेरिकाको चर्चित टेलिभिजन कार्यक्रम द भ्वाइसमा समेत भाग लिएकी ग्रिमीलाई ओर्लान्डोमा भएको कन्सर्टका दौरान गोली प्रहार भएको थियो ।
गोली प्रहारबाट घाइते भएकी २२ वर्षीया ग्रिमीलाई अस्पताल लगिएको थियो । उपचारको क्रममा पछि मृत्यु भएको फ्लोरिडा प्रहरीले जनाएको छ ।
गीत गाउँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । उनीमाथि पाँच पटक गोली प्रहार भएको डेली मेलले जनाएको छ । गोली प्रहारपछि ग्रिमीका दाजु मार्कले आक्रमणकारीमाथि जाइ लागेका थिए ।
नाम नखुलाइएका ती आक्रमणकारीले आफूलाई पनि गोली हानेर आत्महत्या गरेका थिए ।
के कारणले उनीमाथि आक्रमण भयो भन्ने बारे अझै खुल्न सकेको छैन ।
सन् २०१४ मा भ्वाइसमा उनी तेस्रो बनेकी थिइन् ।
स्थानीय समयअनुसार राती १० बजेर ४५ मिनेट जाँदा उनीमाथि आक्रमण भएको थियो ।
आक्रमणकारीबाट दुईवटा हतियार बरामद भएको बिबिसीले उल्लेख गरेको छ ।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण