बाबुरामलाई तेस्रोलिंगीको साथ, आइपुगे काठमाडौं
काठमाडौं – बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा सहभागी हुन देशका विभिन्न ठाउँमा रहेका समलिंगी तेस्रोलिंगी काठमाडौं आएका छन् ।
आइतबार हुने पार्टी घोषणा सभामा सहभागी हुन झण्डै १५ सय समलिंगी तेस्रोलिंगी काठमाडौं आइसकेको नील हिरा समाजकी अध्यक्ष एवं नयाँ शक्ति नेपालकी अन्तरिम केन्द्रीय परिषद् सदस्य पिंकी गुरुङले जानकारी दिइन् । विगत १६ बर्षदेखि अधिकार प्राप्तिको अभियान चलाउँदै आएका यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी समूदायले आइतवार रत्नपार्कबाट बाजागाजा, झाँकी, विभिन्न भेष भुषा सहित र्याली निकाल्नेछन् ।
‘सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकारका लागि नयाँ शक्ति नेपालले हाम्रो समूदायको मुद्धा बोकेको छ,’ अध्यक्ष गुरुङले भनिन्, ‘पहिलो पटक नयाँ शक्तिको सदस्यता फारममा तेस्रोलिंगी उल्लेख हुनु एउटा उपलव्धि हो ।’ अहिलेसम्म अरु कुनै पनि राजनीतिक दलले तेस्रोलिंगी उल्लेख गरेर सदस्यता फारम वितरण गरेका छैनन् । देशलाई समृद्ध बनाउने डाक्टर भट्टराईको अभियानमा हामी साथ दिन्छौ भनेर उत्साहका साथ देशभरका समलिंगी तेस्रोलिंगी काठमाडौं आएको गुरुङले वताइन् । पार्टी घोषणा सभामा समलिंगी तेस्रोलिंगीले डान्स प्रस्तुत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण